coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा गुडिरहेको बसबाट खसेर महिलाकाे मृत्यु

भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिकै शनिबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०-४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाईते भई उपचारको लागि डा. ईवामुरा अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो। घटनापछि सवारी चालक काभ्रे भुम्लु गाउँंपालिका ३ घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष ३० को  सूर्यबहादुर पहरीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको व्यहोरा जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०८० ०६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App