coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जुम्लाको तिला गाउँपालिका -५ चुलाकोट गाउँका १६ वर्षीय विकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी धर्मराज जोशीले बताए।

उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा मृत्यु भएको हो।

जोशीका अनुसार शुक्रबार दिउँसो २ बजे तिर जुम्लाको तातोपानी गाउँपालिका-६ चिमलडाँडा बाट ढुङ्गा बोकेर रावतवाडा जाँदै गरेको लु ४ त ७९४८ नम्बरको ट्याक्टर अनियन्त्रित हुदा दुर्घटना भएको हो। ट्याक्टर सडक भन्दा ५० मिटर तल खसेको थियो।  

ट्याक्टरका चालक भने फरार छन्। 

प्रकाशित: १९ जेष्ठ २०८० ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App