४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

ठेक्का नै नलागेको लालबकैया खोला उत्खनन गर्न होड

नदीजन्य पदार्थको लाखौ राजस्व रकम जनप्रतिनिधी र कर्मचारीको गोजीमा

तस्बिर: निजगढ नगरपालिकाको पुरानो निजगढ तर्फका लालबकैया खोलाबाट पोखरी जस्तै गरिहो बनाएर नदी जन्य पदार्थ उत्खनन गर्दे ठेकेदारको स्काभेटर।

निजगढ नगरपालिकाले नदीजन्य पदार्थ उत्खननको ठेक्का नै नलगाएको लालबकैया खोलाबाट नदी जन्य पदार्थ उत्खनन हुन थालेको छ।

स्काभेटर र मानिसबाट उत्खनन गराएर ठेकेदार र क्रसर व्यवसायीहरुले कति परिमाणमा नदी जन्य पदार्थ लगेको त्यसको विवरण नगरपालिकासँग नरहेको  निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले बताए।

पुरानो निजगढ तर्फ रहेको लालबकैया खोलामा नदीजन्य पदार्थ थुपारिएकोले त्यसबाट बस्तीमा बाढी पस्ने भएकोले विपद् व्यवस्थापन समितिको निर्णय अनुसार ठेकेदार र क्रसर व्यवसायीहरुलाई स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ निकालन दिएको उनले बताए।

फास्ट ट्रयकका एक चाइनिज ठेकेदारले १० हजार घन मिटर नदीजन्य पदार्थ लैजानको लागि १८ लाख जति राजस्व दाखिला गरेको पुरीले बताए।

लालबकैया पुल भन्दा दक्षिणतर्फ खोनानालामा आर्षित रहेको निजगढका सुकुम्वासीहरुलाई जीवन यापन गर्नको लागि ट्याक्टरमा नदीजन्य पदार्थ लोड गर्न दिएको पुरीले बताए।

दैनिक हजारौ ट्याक्टर नदीजन्य पदार्थ उत्खन्न गरेर क्रसरमा थुपारिएको अवस्थामा कति राजस्व उठने गरेको प्रश्नमा प्रमुख पुरीले नगरपालिकाको राजस्व उठ्नु भन्दा बढि प्राथमीकता खोलामा आश्रित परिवारले जिवन यापन चलाउनुु रहेको तर्क गरे।

नगरपालिकाले एक सिएफटी नदीजन्य पदार्थबाट भ्याट बाहेक चार रुपैयाँ ५० पैसा राजस्व उठाउने गरेको पुरीले बताए। एक ट्याक्टरमा सय सिएफटी र टिपरमा चार सय २५ सिएफटी नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ।

निजगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजमणी निरौलाले फास्ट ट्रयाकको ठेकेदार र स्थानीय नेपाल क्रसर उद्योगको लागि पुरानो निजगढ तर्फको लालबकैया खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न दिएको बताए।

खोलामा नगरपालिकको प्रविधिकहरु पुगेर उत्खन्न गर्ने नदीजन्य पदार्थ भएको स्थानको सीमा छुट्टाएर आएको र त्यही अनुसार नै उत्खन्न गरिएको हुनु पर्ने निरौलाले बताए।

आफू निजगढ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नयाँ भएकोले खोलाहरुको उत्खन्न गरिने प्रविधिक कुरा थाहा नभएको उनले बताए।

स्काभेटरले नदीजन्य पदार्थ उत्खन्न गरेर टिपरमा लोड गरिदै आएको स्थानमा भेटिएका फास्ट ट्रयाकको चिनीयाँ ठेकेदारको प्रतिनिधी गणेश मैनालीले फास्ट ट्रयाकको लागि २० हजार घन मिटर नदीजन्य पदार्थको आवश्यकता रहेकोले निजगढ नगरपालिकाकै सहमतिमा नदीजन्य पदार्थ उत्खनन् गरिएको बताए।

निजगढ नगरपालिकालाई १० हजार घनमिटर नदीजन्य पदार्थको लागि १८ लाख रुपैया बुझाइएको र १० हजार घनमिटर नदीजन्य पदार्थ लगिए पनि पुनः १० हजार घन मिटर लगिने मैनालीले बताए।

दैनिक कति परिमाणमा नदीजन्य पदार्थ उत्खनन् गरेर ढुवानी गरि रहनु भएको प्रश्नमा मैनालीले परिमाण भन्दा एक सय ५० टिपर जति ढुवानी गरिएको दाबी गरे।

लालबकैया खोलाबाट स्थानीय तहका पदाधिकारी र स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा ठेकेदार र क्रसर व्यवसायीहरुले खोलाहरुबाट ढुगा, गिटी,बालुवा र ग्रेभल बढी मात्रामा उत्खन्न गरि पोखरी नै निर्माण गरेको देखिन्छ।

निजगढ नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले आर्थिक लाभकै लागि लालबकैया खोलाबाट उत्खनन गरिएको नदीजन्य पदार्थको बिवरण राख्न नलगाइएको खोलामा भेटिएका नरेश राईले आरोप लगाएका छन्।

असार १ गते देखि खोलाबाट नदी जन्य पदार्थ उत्खन्न गर्न नमिल्ने भए पछि ठेकेदार र क्रसर व्यवसायीहरुले अहिले रात दिन गरेर धेरै सवारी साधान प्रयोग गरि नदी उत्खन्न गराउन थालेका निजगढका स्थानीयहरुले गुनासो गरेका छन्।

प्रकाशित: १८ जेष्ठ २०८० ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App