coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राष्ट्रपति पौडेललाई आरोही शेर्पाको ‘सरप्राइज’ : उनको तस्बिर सगरमाथाको चुचुरोमा

राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्‍याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा उनले महिला आरोहीको साहस र आँटको प्रशंसा गरे। उनले हिमाल आरोहणमा राष्ट्रको सम्मानका लागि नेपाली महिला आरोहीहरूले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए।

हिमाल आरोही याङ्जी शेर्पाले आफूले ‘सरप्राइज’ दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पुर्‍याउन पाउँदा खुसी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्बिर सो अवसरमा हस्तान्तरण गरिन्।

सङ्खुवासभा मकालु गाउँपालिकाकी याङ्जीले पौडेल राष्ट्रपति हुनु अगावै नयाँ राष्ट्रपतिको तस्बिर सगरमाथाको चुचुरोमा पुर्‍याउने सङ्कल्प लिएकी थिइन्। अन्य साना कुनै पनि चुचुरो नचढी उनले एकै पटक सगरमाथाको सफल आरोहण गरेकी हुन्।

पायोनियर एड्भेन्चर ट्रेकका डाइरेक्टर तथा कीर्तिमानी आरोही मिङ्मा दोर्ची शेर्पाले आफ्नो कम्पनीबाट हिमाल आरोहण गर्ने महिलाको सङ्ख्या उल्लेख्य रहेको र प्रतिकूल मौसमका कारण पनि हिमाल अरोहण गराएको बताए।

कार्यक्रममा सङ्खुवासभाका सांसद दीपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले हिमाल आरोहणको क्षेत्र असुरक्षित भए पनि साहस र हिम्मतको सबैले कदर गर्नुपर्ने उल्लेख गरे।

प्रकाशित: १७ जेष्ठ २०८० १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App