१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

ठगी आरोपमा मेयरका छोरा पक्राउ

सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुखका छोरा ठगी आरोपमा पक्राउ परेका छन्। नगर प्रमुख कमल बुढाथोकीका छोरा निरोज बुढाथोकीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।

वैदेशिक रोजगारीमा पठाइ दिने भन्दै विभिन्न व्यक्तिसंग पैसा उठाएर ठगी गरेको आरोपमा बुढाथोकीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडाँैले पक्राउ गरेको हो। बुढाथोकीले सर्बिया पठाइदिने भन्दै विभिन्न व्यक्तिसित १२ लाख रूपैंया ठगी गरेको आरोप रहेको छ।

प्रहरीका अनुसार काठमाडौंको सिनामंगलबाट पक्राउ परेका बुढाथोकीलाई अहिले आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रकाशित: १७ जेष्ठ २०८० १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App