७ वैशाख २०८१ शुक्रबार
समाज

होटेलमा बेहोस भेटिएका व्यक्तिको मृत्यु

बैतडीको होटेलमा बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ।मेलौली नगरपालिका– ७ काँडा बजारस्थित रिसब होटेलमा बेहोस अवस्थामा भेटिएका पञ्चेश्वर गाउँपालिका–२ का ५७ वर्षीय रनी चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

भारतबाट आएका चन्द जेठ ११ गतेदेखि उक्त होटेलमा बसेका थिए।शनिबार बिहान खाना खानका लागि होटेलका कर्मचारीले बोलाउँदा चन्द बेहोस अवस्थामा फेला परेका थिए।

बेहोस अवस्थामा फेला परेका चन्दको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो । चन्दको मृत्युको कारण भने खुल्न सकेको छैन्।घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लोकराज जोशीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १४ जेष्ठ २०८० ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App