coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङको दोखुमा आगलागी

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ दोखुमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।

शनिबार बिहान भएको आगलागीमा फुङलिङ नगरपालिका वडा नं ८ का पूर्व वडाध्यक्ष पदम पालुङ्वाको घर जलेर नष्ट भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले आगलागीका कारण घर पूर्ण रुपमा ध्वस्त भएको र क्षतिको विवरण आउन बाँकी रहेको बताए। आगलागीको कारण खुल्न नसकेको उनले बताए।

कार्कीले प्रहरी टोली घटनास्थलमा रहेको र क्षतिको विवरण संकलन भइरहेको समेत जानकारी दिए।

प्रकाशित: १३ जेष्ठ २०८० ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App