७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

जिल्ला अदालतमा नक्कली भूटानी प्रकरणमा बयान सुरू

काठमाडौँ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि  बयान सुरू भएको हो। बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ। अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ। अब आइतबार पनि बयान जारी रहनेछ।

नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ। पूर्व वडाध्यक्षसमेत रहेका राई पनि यो ठगी प्रकरणमा बिचौलिया रहेको खुलेपछि पक्राउ गरिएको थियो।

उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। तीमध्ये मुद्दा दर्ता गर्दासम्म १६ प्रकाउ परेका थिए। आज एकजना फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेका छन्। महर्जनसहित १६ जना अभियुक्त प्रकाउ भएका छन्। अझै १३ जना अभियुक्त फरार छन। फरार अभियुक्तविरूद्द पनि अदालतमा मुद्दा दर्ता गरिएको छ।

अदालतमा उक्त प्रकरणका अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ। अभियुक्त थुनछेक बहसपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ।

प्रकाशित: १२ जेष्ठ २०८० १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App