१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रुकुममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

२२ दिने शिशुसहित आमाकाे मृत्यु

दुर्घटनामा परेको जिप

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सुत्केरी महिला सहित ५ जना छन्। उनका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका ५ का कर्ण बहादुर बाठा, देउचन खत्री, सितला कुसारी छन्। त्यसैगरि बाँफीकोट गाउँपालिका ८ की २२ बर्षिया रेखा खत्री र उनको २२ दिनको छोराको पनि दुर्घटनामा मृत्यु भएको छ।

बिहिवार बिहान सानिभेरी गाउँपालिका ५ मेलचौरबाट सदरमुकाम खलगां आउदै लु १ ज १७४७ नम्बरको जिप गर्दा बाफिकोट ८ दुलिमा दुर्घटना परेको प्रहरीले जनाएको छ। दुई बच्चा सहित १५ जना सवार उक्त गाडीमा रहेका अन्य घाईते को उद्दार भइरहेको रुकुम प्रहरीका सुचना अधिकारी बिष्णु श्रेष्ठले बताए। गम्भिर घाईते प्रेम बाठा, कुसारी, अनिता केसी, ललित बाठालाई हेकिप्टरबाट नेपालगञ्ज पठाईएको छ।  

गम्भिर घाईतेलाई थप उपचारका लागी हेलिकप्टरबाट उद्यारको गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रशाद पन्तले बताए। ‘अन्य घाईतेलाई जिल्ला अस्पताल सल्ले ल्यादै छौ । उद्यार कार्य भईरहेको छ।’ स्थानियका अनुसार गाडि सडकबाट करिब ४ सय मिटर तल झरेको छ।  

प्रकाशित: ११ जेष्ठ २०८० ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App