७ वैशाख २०८१ शुक्रबार
समाज

होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

‘सधैं सँगै: विविधतामा एकता’ भन्ने विश्वव्यापी नाराका साथ होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ।

यो दिवस प्रत्येक वर्ष मे १७ मा विश्वव्यापी रूपमा यौनिक तथा लैंगिक विविधता भएको समुदायले हर्षोल्लासका साथ मनाउँदै आएको छ। मितिनी नेपालको आयोजनामा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस बुधबार सम्पन्न भएको छ। साथै समुदायका व्यक्तिको आठ प्रेरणादायक कथा समेटिएको पुस्तक ‘सधैं सँगै: विविधतामा एकता’ उक्त दिवसमा विमोचन गरिएको छ।

‘सधैं सँगै: विविधतामा एकता’ भन्ने विश्वव्यापी नाराका साथ होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ।

संसारका सबै मानवको समान र अपरिहार्य अधिकार स्वतन्त्रता, न्याय र शान्तिको आधार हो। सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक रोगको सूचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा भएको दिनलाई स्मरण गर्दै विश्वव्यापी यो दिवस मनाउने गरिएको मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले बताइन्।

‘सधैं सँगै: विविधतामा एकता’ पुस्तकमा साझेदार गरिएका कथाहरूले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्रको विविध मुद्दालाई समेटिएको छ। समुदायभित्रको जाति, वर्ग, उमेर, धर्म, वर्ण, लिंग, उत्पत्ति, अपांगता, भौगोलिक अवस्थाको स्थितिलाई पनि कथामार्फत सम्बोधन गर्ने प्रयास गरिएको छ। साथै अझै पनि आफ्नो यौनिकता र लैंगिक पहिचानलाई आत्मसात गरी बाहिर ल्याउन संघर्ष गरिरहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई प्रेरणा प्राप्त हुने छ।

‘सधैं सँगै: विविधतामा एकता’ पुस्तकमा साझेदार गरिएका कथाहरूले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्रको विविध मुद्दालाई समेटिएको छ।

यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सुरेन्द्रराज आचार्यले लामो समयदेखि सँगै बस्दै आइरहेका समुदायको एक जोडी तथा समुदायलाई स्वीकार गरिएको एक परिवारलाई सम्मान प्रदान गरेका थिए।

गत वर्ष पनि पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको उपस्थितिमा समुदायको एक जोडी र समुदायको सदस्यका रूपमा स्वीकार गरेको एक उदाहरणीय परिवारलाई सम्मान गरिएको अध्यक्ष घलानले जानकारी गराइन्।

यस दिवसलाई मितिनी नेपालले औपचारिक र अनौपचारिक गरी दुई भागमा विभाजन गरी मनाएको थियो। कार्यक्रमको सिलसिलामा विभिन्न सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। मितिनी नेपालकी अध्यक्ष घलान भन्छिन्, ‘हामी यस्तो संसारको परिकल्पना गर्दै छौं, जहाँ हामीलाई यो विश्वास छ कि हरेक व्यक्तिलाई सम्मानजनक जीवन जिउन पाउने अधिकार छ। कसैलाई पनि उनीहरूको लैंगिकता र यौनिकताका आधारमा मूल्यांकन गरिनु हुँदैन। तसर्थ, समाजका हरेक वर्गको साथ र सहयोग यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आन्दोलनका लागि कोसेढुंगा हो। हामी सबैलाई भेदभाव, डर, हिंसाबिना आफ्नो पहिचान सार्वजनिक गर्ने र निर्णय लिन पाउने अधिकार छ।’

‘यस दिवसले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्दै आइरहेका चुनौती र असमानतालाई पनि सम्बोधन गर्दछ। यद्यपि विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिले सकारात्मक र प्रगतिशील परिवर्तनतर्फ संकेत गरिरहेको छ’, मितिनी नेपालकी अध्यक्ष घलानले बताइन्।

प्रकाशित: ४ जेष्ठ २०८० ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App