१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सर्लाहीबाट भारी मात्रामा लागू औषध बरामद

सर्लाहीमा भारी परिमाणमा लागू औषध बरामद गरिएको छ। सर्लाही प्रहरीले भारी परिमाणमा लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

सर्लाहीको बरहथवा नगरपालिका ५ चोरनिया पुलबाटल लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गोडैता नगरपालिका ३ का अजय सहनी र सोही वडाका ३२ वर्षीय ताजबाबु दर्जी रहेको प्रहरीले जानकारी दिएका छन्।

शुक्रबार राति ८ बजेको समयमा सर्लाहीको मधुवनीबाट काठमाडौँको लागि छुटेको बा.प्र.०६–००१ ख ०००३ नम्बरको यात्रुवाहक बसलाई इलाका प्रहरी कार्यालय बरहथवा र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सुन्दरपुर चुहडवाका संयुक्त टोलीले चेकजाँच गर्दा दुवै जनाको साथबाट कोलिवेल काउज सिरप १ सय ८७ बोतल, नुफिन, फेनार्गन, डाइजोपाम ९२/९२ एम्पुल गरी २७६ एम्पुल, नाइट्राभेट ३०० र नितजा केयर–१० ९०० ट्याब्लेट बरामद भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई लागू औषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी मिश्रले जानकारी दिएका छन्।

लागू औषध कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै गएको सर्लाहीमा लागू औषध र कारोबार गर्नेहरू निरन्तर पक्राउ परिरहेका छन्।

प्रकाशित: ३० वैशाख २०८० १५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App