७ वैशाख २०८१ शुक्रबार
समाज

माेरङकाे राठी इन्डष्ट्रिजमा आगलागीः नियन्त्रणमा लिने प्रयास जारी

मोरङको बुढीगंगा गाउँपालिका–५ मा रहेको राठी म्यानिफ्याक्चरिङ इन्डष्ट्रिजमा आगलागी भएको छ। शुक्रबार बिहानका राति २ बजेदेखि आगलागी सुरु भएको हो। उद्योगको बाहिर भागमा लागेको आगलागी बिहान ११ बजेतिर नियन्त्रणमा आएको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार बिहान २ बजेतिरदेखि सुरु भएको आगलागी बिहान ११ बजेसम्ममा उद्योगको बाहिरतर्फको आगलागी नियन्त्रणमा लिइएको छ। उद्योगभित्रका सामग्रीमा लागेको आगो निभाउने कार्य जारी रहेको उनले बताए। पूर्ण रुपमा आगलागी नियन्त्रणमा नभए पनि स्थितिभित्रै रहेको अवस्था छ।  

राजेन्द्रकुमार राठीले सञ्चालन गरेको उद्योगमा बिजुलीको बल्ब र स्वीच निर्माण गर्दै आएकोमा अचानक आगलागी भएको हो। विद्युत् सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने डिएसपी दाहालले बताए। उनले अहिले हेर्दा विद्युत् सर्ट जस्तो देखिए पनि थप अनुसन्धानपछि घटनाको यथार्थ बाहिर आउने छ।  

आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन भएका छन् भने स्थानीय तथा उद्योगका मजदुरहरु पनि आगो नियन्त्रणमा लागेका छन्। उद्योगका ३ वटा भवनमध्ये एउटामा आगो लागेको हो। सुरक्षाकर्मीले नजिकैका २ वटा भवनमा भने आगो फैलनबाट जोगाए। आगोले उद्योगको एउटा भवनसहित कच्चा पदार्थ, मेसिनहरु तथा तयारी सामान जलेर नष्ट भएको डिएसपी दाहालले जानकारी दिए। आगो नियन्त्रणमा आइनसकेका कारण क्षतिको यकिन विवरण आएको छैन।  

प्रकाशित: २९ वैशाख २०८० ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App