coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मेयर साम्पाङविरुद्ध पत्रकार महासंघ सुनसरीद्वारा आन्दोलनको घोषणा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध निरन्तर अमर्यादित भाषामा अभिव्यक्ति दिदै आएका धरानका मेयर हर्क साम्पाङ विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

मेयर साम्पाङले प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धता नजनाएको साथै पत्रकार तथा सञ्चारमाध्यम लक्षित गालीगलौज, अमर्यादित शब्दहरु फिर्ता नलिएको भन्दै महासंघ सुनसरीले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो।

यसअघि आइतबार मेयर साम्पाङलाई ध्यानाकर्षण पत्र बुझाउदै महासंघले तीन दिनभित्र प्रेस स्वतन्त्रताप्रति प्रतिवद्धता व्यक्त गर्न तथा गालीगलौजपुर्ण अभिव्यक्ति फिर्ता लिन अल्टिमेटम दिएको थियो। मेयर साम्पाङले फेसबुकबाट नै पत्र सार्वजनिक गरेपनि उपमहानगरपालिकाले प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धता नआएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको जनाएको छ।

महासंघ अध्यक्ष जनकऋषि राई र सचिव ध्रुव ढकालले जारी विज्ञप्तीमा बैशाख २८ गते प्रेस विज्ञप्ती जारी गर्ने, बैशाख २९ गते जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, बैशाख ३० गते सुनसरीबाट प्रकाशित पत्रिका र अनलाइन पोर्टलहरुमा एउटै नारा प्रकाशन, प्रशारण गर्न आग्रह गर्ने आन्दोलनको कार्यक्रम रहेको छ।

यस्तै, बैशाख ३१ गते सुनसरीका पत्रकारहरुले एउटै नारा फेसबुक स्टाटस लेख्ने, जेठ १ गते धरानमा मौन जुलुस प्रर्दशन गर्ने र जेठ २ गते धरानमा पुर्वनगर प्रमुखहरुसँग अन्तरक्रिया गर्ने पनि आन्दोलनको कार्यक्रममा समावेश गरिएको छ।

मेयर साम्पाङकै कारण पत्रकारहरुले असुरक्षित महशुस गर्ने अवस्था सृर्जना भएको र स्थानीय सरकार प्रमुख आफै स्वतन्त्र प्रेस विरोधी देखिएको पनि महासंघलेठहर गरेको छ। मेयर साम्पाङले प्रश्न सोध्ने पत्रकारलाई कुन पार्टीको पत्रकार हो? भन्दै हतोत्साहित गर्ने गरेका छन् भने समाजिक सञ्जाल फेसबुकमा झोले पत्रकार भन्दै पत्रकार र मिडिया हाउसलाई गालीगलौज गर्ने गरेका छन्। उनकै उक्साहाटमा उनका समर्थकहरुले पनि पत्रकारहरुलाई अमर्यादित गालीगलौज गर्ने, मिडिया हाउसलाई बमले उडाइदिने धम्की दिने र पत्रकारलाई ज्यान मार्ने धम्कीसमेत दिने गरेका छन्।  

प्रकाशित: २८ वैशाख २०८० १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App