१ पुस २०८१ सोमबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय उडानका तीन जहाज डाइभर्ट

अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका छन्।

एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि एयर इन्डिया बनारस र फ्लाई दुबई र इन्डिगो एयरको जहाज लखनाउ डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डाइभर्ट भएका तीन जहाजमध्ये एयर इन्डिया र फ्लाई दुबईको जहाज पुनःअवतरण भइसकेका छन् भने इन्डिगो एयर राति १०ः४५ बजे काठमाडौँ अवतरण गर्ने उडान तालिका रहेको छ।

डाइभर्ट हुनुअघि एयर इन्डियाको जहाजले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ओभरसुट गरेको थियो। काठमाडौँ विमानस्थलमा मिस एप्रोच भएपछि उक्त जहाज करिब एक घण्टा आकाशमा फन्को लगाएर ‘होल्ड’ भएको थियो। जहाजले पुनःएप्रोच लिन नसकेपछि बनारस डाइभर्ट भएको विमानस्थलले जनाएको छ।

विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का अनुसार ‘टेल वीन’ (पछाडिबाट लागेको हावा) का कारणले जहाज अवतरण समस्या आएको बताए।

अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ। दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेका हुन्। यो समाचार तयार पार्दासमेत मलेसियाको क्वालालम्पुरबाट आएको हिमालय एयरलाइन्स झण्डै एक घण्टा सिमरा माथिको आकाशमा होल्ड भएपछि भर्खरै अवतरण गरेको छ। सिङ्गापुर एयरलाइन्सले पनि केहीबेर होल्डमा परेको छ।

प्रकाशित: २७ वैशाख २०८० १५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App