२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

झापामा प्रहरी र पहिचान पक्षधरबीच झडप: स्थिति तनावग्रस्त

झापामा प्रहरी र पहिचान पक्षधर बिच झडप हुँदा बाह्र जना घाइते भएका छन्। 

मंगलबार साँझ झापाको दमकमा प्रदेश नम्बर १ पुनः नामाङ्कन संघर्ष समिति झापाले राँके जुलुस निकालेको थियो। सोही क्रममा प्रहरी र पहिचान पक्षधर बिच झडप भएको हो। 

हाल स्थिति तनावग्रस्त रहेको छ। झडपमा दुई प्रदर्शनकारी र दश प्रहरीसहित बाह्र जना घाइते भएको प्रहरीले जनाएको छ। अहिले सम्म प्रदर्शनकारीबाट घाइते हुनेमा गजेन्द्र फागोको मात्र नाम खुल्न आएको छ। उनको दमक स्थित लाइफलाईन अस्पतालमा उपचार भइरहेको छ।

प्रदेशको नाम ‘कोसी’ खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै लामो समयदेखि आन्दोलनरत पहिचान पक्षधरले आज दमकमा राँके जुलुस निकालेका हुन्।

प्रकाशित: २६ वैशाख २०८० १७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App