६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभामा दुर्घटनाग्रस्त हेलिकप्टर । तस्बिर सौजन्यः वाङ भोटे

संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ। हेलिकप्टरले माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेर उडेको थियो। 'कार्गो सिलिङ' गरिरहेको बेलामा दुर्घटना भएको बताइएको छ। 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी नि. सुभेस अधिकारीका अनुसार भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङको जिजिङ्खाममा हेलिकप्टर दुर्घटना भएको हो।

उद्धारको लागि प्रहरी टोली परिचालन भइसकेको प्रवक्ता अधिकारीले जानकारी दिए। ‘ विस्तृत विवरण आइसकेको छैन। घटनाबारे स्थानीयले जानकारी गराएका हुन्। घटनास्थलमा प्रहरीको टोली पठाइएको छ, हिडेर जानु पर्ने ठाउँ छ। केही समय लाग्छ', उनले भने। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। 

प्रकाशित: २२ वैशाख २०८० ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App