१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महिलाहरूलाई स्वरोजगार बनाउनु पनि विकास हो !

‘विकास भनेको पानी, बिजुली र सडक मात्र होइन। महिलाहरुमा सिप अभिवृद्धि गरी स्वरोजगार बनाउनु पनि विकास हो। अब भौतिक विकासलाई मात्र समृद्धि सम्झने सोचबाट हामी मुक्त हुनु पर्छ।’

पश्चिम रुकुम मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र बहादुर केसीले एक कार्यक्रममा भने ‘स्थानीयको आर्थिक स्थिति उन्नति हुनु नै नगरको इज्जत, मान–सम्मान बढ्नु हो।’

मुसिकोट नगरपालिका वडा न. ८ घोर खानिमा ढाका बुनाई सम्बन्धी ३ महिने तालिम उद्घाटन गर्दै नगरप्रमुख केसीले थपे ‘हामीले यस पटक नयाँ सिप दिँदै छौ त्यसैले यो तालिम औपचारिकतामा सीमित नहोस्। ढाका उद्योगलाई नगरको आफ्नो उद्योगका रुपमा संचालन हुने विश्वास दिलाउँछु।’ उनले महिलालाई उद्यमी बनाउन नगरले थप सहयोग गर्ने पनि बताए।

सोही उद्घाटन कार्यक्रमको अध्यक्षता समेत गरेका वडा अध्यक्ष जयबहादुर थापाले भने ‘तालिमलाई औपचारिकतामा सीमित नगराई उद्योगका रुपमा विकास गर्नेछौ। तालिम र सिपलाई निरन्तरता दिन हामी सहयोग गर्छौ।’ उनले थपे ‘महिलाहरूलाई व्यावसायिक बनाउन सबैले पहल गरौँ। उत्पादन भयो भने बजारीकरणको जिम्मा स्थानीय सरकारले गर्नेछ।’

तालिममा १८ देखि ४० वर्ष उमेर समूहका द्वन्द्व पीडित, अति विपन्न, लैङ्गिक हिंसा पीडित ११ जना महिलाको सहभागिता रहेको छ।

बिहीबार सम्पन्न तालिमको औपचारिक उद्घाटन कार्यक्रमको सहजीकरण ओरेक रुकुमका करुणा रेग्मीले गरेकी थिइन भने ओरेक जिल्ला संयोजक दिपा धितालले तालिमका बारेमा जानकारी दिएकी थिइन। बिहीबार देखि नै तालिम सुरु गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०८० १६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App