coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अब सीमामा एकतर्फी गस्ती गर्दैनौं : एसएसबी

पूर्वी नेपालको इलामस्थित नेपाल–भारत सीमा क्षेत्र हिलेमा निरीक्षण गर्दै नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त टोली।तस्बिर: नेपाल प्रहरी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेतृत्वले पूर्वी नेपालमा अब आफूहरूले एकतर्फी गस्ती नगर्ने बताएको छ।सीमामा एकतर्फी गस्तीका कारण आफूहरूले ज्यादती खेप्नुपरेको त्यस क्षेत्रका नेपालीले गुनासो गरेपछि एसएसबीले अब संयुक्त रूपमा मात्रै सीमाको गस्ती गर्ने ‘पुरानै प्रतिबद्धता’ दोहोर्‍याएको हो।

सीमाक्षेत्रका नेपालीले एसएसबीका कारण सास्ती खेप्नुपरेको समाचार आइरहेका बेला एसएसबी र नेपाली सुरक्षाकर्मीले संयुक्त रूपमा सीमाको गस्ती गरेका छन्।  स्थलगत निरीक्षणपछि एसएसबीका ८ नम्बर बटालियनका डेपुटी कमान्डर टप्पु चक्मा र अर्का डेपुटी कमान्डर राजु यादवले स्थानीयसँग यस्तो प्रतिबद्धता गरेका हुन्।  चक्मा र यादवको नेतृत्वमा आएको एसएसबी टोली तथा पशुपतिनगरबाट गएको सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले हिले, पशुपतिनगर, छब्बिसे, दुईमाइल, चारमाइल लगायत सीमाक्षेत्रको निरीक्षण गरेको थियो।

निरीक्षणकाक्रममा स्थानीयले एसएसबी नेतृत्वसँग गुनासो पोखेका थिए।  स्थानीयले दशगजाको नाममा नेपालीलाई आफ्नै जमिन उपभोग गर्न नदिएको, रातारात एसएसबीले गस्तीका नाममा सीमा स्तम्भ नै सार्ने गरेको, भत्केको घर मर्मत गर्न नपाएको लगायत गुनासो गरेका थिए। घर चुहिए पनि मर्मत गर्न नपाएको, दशगजाभन्दा बाहिर पनि चर्पीसमेत निर्माण गर्न नपाएको लगायत गुनासो सुनेपछि एसएसबी नेतृत्वले उनीहरूका समस्या माथिल्लो तहमा पुर्‍याउने आश्वासन पनि दिएको छ।

मानवीय नाताले पनि चुहिएका घरको छानो टाल्ने जस्ता समस्याबारे आफ्नो माथिल्लो निकायमा जानकारी गराउने प्रतिबद्धता चक्माले गरेका छन्,’ एक सुरक्षाकर्मीले भने, ‘तर, एसएसबीले आइन्दा सीमा क्षेत्रमा एकतर्फी गस्ती नगर्ने पनि बताएको छ। ’ एसएसबीले आइन्दा सीमा अनुगमन गर्दा अनिवार्य रूपमा सशस्त्र प्रहरीलाई जानकारी दिने बताएको उनले जनाए। तर, स्थानीयले भने यसअघि पनि पटक–पटक एसएसबीले यस्तै आश्वासन दिएको, कार्यान्वयन भने नगरेकाले ढुक्क हुने अवस्था नरहेको जनाएका छन्। 

प्रकाशित: २० वैशाख २०८० १४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App