१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कर्णालीमा भेटिए आठ सय ६१ क्षयरोगी

कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ८६१ जना क्षयरोगी भेटिएका छन्।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका क्षयरोग तथा कुष्ठरोग अधिकृत पदमबहादुर केसीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १ हजार ७१४ क्षयरोगी भेटिएकामा आव २०८१/८२ मा घटेर १ हजार ५३९ भेटिएका थिए।

चालु आर्थिक वर्षमा सुर्खेतमा २९६, हुम्लामा १९, सल्यानमा १०४, जाजरकोटमा १०१, रुकुम पश्चिममा ९२, दैलेखमा ८३, कालिकोटमा ४६, जुम्लामा ४५, डोल्पामा २१ र मुगुमा १९ जना बिरामी पत्ता लागेको उनले बताए।

हाल प्रदेशमा ४१५ क्षयरोग उपचार केन्द्र, दुई ‘एमडीआर’ उपचार केन्द्र र १० वटा विशेषज्ञ केन्द्र सञ्चालनमा छन्।  

प्रकाशित: १२ चैत्र २०८२ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App