१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मृत फेला परेका पोल्ट्री व्यवसायी कँडेलको साथमा ‘आठ पेज सुसाइड नोट’

झुण्डिएको अवस्थामा फेला परेका पोल्ट्री व्यवसायी शंकर कँडेलको साथबाट ‘सुसाइड नोट’ फेला परेको छ। भरतपुर–३ बेलचोक निवासी कंडेल मंगलबार साँझ आफ्नै अफिसमा मृत फेला परेका थिए।

उनको साथबाट आठ पेज लामो सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए। सो नोटमा आर्थिक कारोबारमा भएको समस्याबारे उल्लेख गरिएको उनले बताए। 

‘उहाँको साथबाट आठ पेज लामो सुसाईड नोट फेला परेको छ। त्यहाँ व्यवसाय गर्दा भएको आर्थिक कारोबारका विषय उल्लेख छन्,’ उनले भने ‘थप अनुसन्धान हामीले गरिरहेका छौँ।’ 

कार्कीले सुसाइट नोटमा लेखिएका व्यक्तिको नाम भने खुलाएनन्। सुसाइड नोटमा उनले परिवारसँग माफी समेत मागेका छन्। पछिल्लो एक हप्तादेखि व्यवसायी कँडेललाई कसैले तनाव दिइरहेको बुझिएका बताईएको छ।

कँडेल पोल्ट्री व्यवसायी हुन्। उनी नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्यसमेत रहेका थिए। उनको शवलाई भरतपुर अस्पतालको शवदाह गृहमा राखिएको छ। कँडेलको मृत्युले चितवनको व्यावसायीक क्षेत्रमा ठुलो क्षति पुगेको व्यवसयीहरुले बताएका छन्। कँडेल उद्योग वाणिज्य संघ चितवनको पूर्व कार्यसमिति सदस्य पनि हुन्। नेपाली कांग्रेस चितवनले घटनाको छानबिन गर्न माग समेत गरेको छ।

कंडेलका आफन्तले घटनाको छानबिनको माग गर्दै भरतपुरको चौविसकोठिमा चक्काजाम समेत गरेका छन्। यो घट्नाप्रति चितवन उद्योग व्यवसायीले समेत दुःख व्यक्त गरेका छन्। आर्थिक मन्दिका कारण अहिले उद्योगी व्यवसायी समस्यामा छन्। यही अवस्थामा उनले आत्महत्या गरेको हुन सक्ने कतिपयले बताउने गरेका छन्।

कँडेलले आत्महत्या गरेको सम्बन्धमा उनका भाइ राजन कँडलले आज जिल्ला प्रहरी कार्यालय चितवनमा दुई जना विरुद्ध उजुरी दिएका छन्। जसमा प्रदिप रुङगाटा र जीवन राउत रहेका छन्। उनीहरुले मानसिक तनाव दिएको किटानी जाहेरी दिएका हुन्। रुङ्गटाले अनमोल फिड कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका थिए। रावल कम्पनीका चार्टर एकाउन्टेन्ट हुन्।  केही महिना अघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रा.लि.को शेयर रुङ्टालाई बेचेका थिए। शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र राउतले मानसिक दबाब दिएको उनको परिवारले बताएका छन्। 

प्रकाशित: २० वैशाख २०८० ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App