coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु, अवस्था तनावग्रस्त

धनुषाको सबैला नगरपालिका- १२ रघुनाथ पुरमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने अर्का एक बालिका घाइते भएकी छिन्।

मृत्यु हुनेमा सबैला नगरपालिका- १२ सिर्खाटोलका ७ वर्षीय बालक रियान यादव रहेका छन्। सोही ठाउँकी बालिका राधी कुमारी घाइते भएकी हुन्। उनलाई उपचारका लागि जनकपुरतर्फ लगिएको धनुषा प्रहरीले जनाएको छ।

सोमबार विद्यालयबाट घर जाँदै गर्दा प्रदेश २–०३–००१ क १६२१ नम्बरको टिपरले ठक्कर दिँदा रियानको घटना स्थलमै मृत्यु भएको हो। दुर्घटनापछि टिपरका चालक फरार भएका छन्।

स्थानीयले प्रहरी प्रशासन र टिपर आतङ्क विरुद्ध प्रदर्शन गरिरहेका छन्। स्थानीयले ठक्कर दिने टिपरमा तोडफोड र आगजनी गर्न खोज्दा प्रहरीले हवाई फायर समेत गरेकाे छ। 

हाल स्थानीयले टिपरमा लगाएको आगो प्रहरीले नियन्त्रणमा लिएको छ। स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: १८ वैशाख २०८० १३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App