दैलेखको नारायण नगरपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सहायता गर्ने निर्णय गरेको छ। नारायण नगरपालिका नगर कार्यपालिको बैठकले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो।
कार्यपालिका बैठकले स्वास्थ्य सुचाङ्क सुधारको लागि महत्त्वपूर्ण निर्णय भएको स्वास्थ्यकर्मीहरू बताउँछन्। गर्भवती र सुत्केरी अवस्थामा सुरक्षित सुत्केरीका लागि आपत्कालीन अवस्थामा एम्बुलेन्स सहायता गर्ने निर्णयले नगरवासीहरू हर्षित छन्।
स्वास्थ्य संस्थामा सहज पहुँचको लागि निर्णय प्रभावकारी हुने नगर स्वास्थ्य शाखामा कार्यरत सिनियर स्वास्थ्य अधिकृत लालबहादुर खड्काले बताए।
नारायण नगरपालिकाले गर्भवतीसँग उपमेयर कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।
प्रकाशित: १८ वैशाख २०८० १३:१३ सोमबार