२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

हुलाकी सडक निर्माण असार १५ सम्म सम्पन्न गर्ने निर्णय

हुलाकी सडक निर्माणको लागि पटक पटक आन्दोलन हुँदै आएको सर्लाहीमा हुलाकी सम्बन्धी सम्पूर्ण समस्या असार १५ सम्म पूर्ण रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा मंगलवार बसेको सम्बन्धित पक्षको बैठकले हुलाकी आयोजनाको सर्लाही खण्ड समयमै पूरा गर्ने निर्णय गरेको हो।

वैशाख महिनाभित्र हुलाकी सडकको प्राइमको काम सम्पन्न गर्ने, असार १५ भित्र कालोपत्रेसहितको सम्पूर्ण काम सम्पन्न गर्ने प्रतिबद्धतासहितको निर्णय सँगै हुलाकी राजमार्ग निर्माणका क्रममा विवादित रहेका स्थानहरूको समस्या पहिचान गर्न जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, आयोजना प्रमुख, सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्ष, पत्रकारहरु तथा नागरिक समाजको उपस्थितिमा साइट क्लियर गरी समस्या समाधान गर्ने निर्णय पनि भएको छ।

यसै गरी हुलाकी राजमार्गमा पर्ने विद्युत्का पोलहरू विद्युत् प्राधिकरण कार्यालयको समन्वयमा विद्युत् पोलहरू विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाले हटाउने व्यवस्था मिलाउने तथा हुलाकी राजमार्गमा पर्ने बस्ती र बजार क्षेत्रमा सडक र नाला निर्माण कार्य सम्पन्न नहुन्जेल नियमित रुपमा सम्बन्धित निर्माण व्यवसायीले सडकमा पानी पटाउने निर्णय पनि भएको हाे।

सर्वपक्षीय बैठकको निर्णय सार्वजनिक भएपछि सर्लाही जिल्लामा हुलाकी राजमार्ग निर्माण चालू आर्थिक वर्षमा नै सम्पन्न हुने विश्वास स्थानीयवासीमा पलाएको छ। 

प्रकाशित: १३ वैशाख २०८० १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App