coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

श्रीमतीको शरीरमा आगो लगाउने श्रीमान् पक्राउ

श्रीमानले आगो लगाइदिँदा जलेर घाइते भएकी २८ वर्षीय स्वेता झा अस्पतालमा उपचार गराउँदै। तस्वीरः सुरेन्द्र यादव-नागरिक

धनुषामा बिहेको दस वर्ष बितिसक्दा पनि माइतीपक्षले स्वीकार गरेको दाइजो अहिलेसम्म नल्याएको भन्दै श्रीमतीलाई आगो लगाएर ज्यान मार्ने प्रयास गर्ने श्रीमान पक्राउ परेका छन्।

जनकपुरधाम उपमहानगरपालिका- २० देवपुरा रुपैठाका ३० वर्षीय राजीव झालाई शनिबार धनुषा प्रहरीले पक्राउ गरेको छ। राजीवलाई आफ्नै घरबाट पक्राउ गरिएको धनुषा प्रहरी प्रबक्ता एवं डिएसपी बेदप्रसास गौतमले जानकारी दिए।

प्रहरीका अनुसार शुक्रबार स्वेताकी माइतीपक्षबाट घरेलु हिंसा मुद्दामा जाहेरी परेपछि प्रहरीले पीडितको श्रीमान राजीवलाई पक्राउ गरिएको जानकारी दिए।

गत बैशाख १ गते आफ्नै घरमा राजीवले २८ वर्षीय श्रीमती स्वेता झालाई कुटपिट गरी शरीरमा आगो लगाएर हत्याको प्रयास गरेका थिए।

श्रीमानसहित परिवारका अन्य सदस्यले दाइजोका लागि बैशाख १ गते स्वेतालाई जलाएर हत्या गर्ने प्रयास गरेका थिए। टोलछिमेकीका मानिसले देखेपछि उनलाई त्यहीँबाट उद्वार गरेपछि माइतीपक्षले जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याएका थिए।

हाल जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा श्वेताको उपचार भइरहेको छ। विवाहको १० वर्ष बितिसक्दा पनि तीन तोला सुन अहिलेसम्म नल्याएको भन्दै विगतदेखि आफूमाथि कुटपिट हुँदै आएको श्वेताको आरोप छ।

प्रकाशित: ९ वैशाख २०८० ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App