१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुरुङ निर्माण कार्य रोकियो

सुनकोसी मरिण डाइभर्सन आयोजना

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीयआयोजनाको कार्यालय। तस्विर अनिल भण्डारी, नागरिक

सुरुङभित्रै पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य रोकिएको छ। सुरुङ निर्माण गर्ने क्रममा दुई सय घनमिटर माटो मेसिनमाथि झरेपछि करिब तीन साता देखि सुरुङ निर्माणको काम रोकिएको सुनकोसी मरिण डाइभर्सन आयोजनाको कार्यालय सिन्धुलीले जनाएको छ। 

गत २०७९ सालअसोज २८ गतेबाट सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटारबाट निर्माण सुरु भएको सुरुङको काम चार हजार ६ सय ६९ मिटर निर्माण गरेपछि अवरोध भएको हो। टिबिए मेसीनको दुबै तर्फ पहिरोले च्यापिएपछि मेसिन चल्ने अवस्था नभएकाले निर्माण कार्य रोकिएको सुनकोसी मरिण डाइभर्सन बहुउदेश्य आयोजना कार्यालयका प्रमुख मित्र बरालले जानकारी दिए। चुरे क्षेत्र कटेर महाभारत क्षेत्रमा प्रवेश गर्न तीन सय मिटर मात्रै बाकी हुँदा काम रोकिएको छ, आयोजना प्रमुख बरालले भने, 'तीन सय मिटर छिचोल्न सकिएको भए समस्या आउन सक्ने संम्भावना कम देखिएको थियो।'

गत पुस महिनामा दुई किलोमिटर सुरुङ निर्माणको चरणमा समेत लेदो माटोले समस्या आएको भएपनि केमीकलको प्रयोगले समस्या समाधान भएको आयोजनाले जनाएको छ। अहिले आएको पहिरोलाई केमिकलको प्रयोगले समेत नरोकिएपछि बाइबास गर्ने तयारी भएको आयोजनाप्रमुख बरालले जानकारी दिए। बाइपासको लागि भुगर्भ विद् कन्सल्ट्यान्ट निर्माण कम्पनी तथा प्राविधिकहरुसँग छलफल सुरु गरिएको छ।

आयोजना प्रमुख बरालका अनुसार सबैभन्दा अप्ठ्यारो क्षेत्र पार गर्न तीन सय मिटर मात्रै बाकी रहदा समस्या आएको हो। उनले करिब एक सातासम्ममा समस्याको समाधान गरेर निर्माणलाई अगाडी बढाउने जानकारी दिए।  

टीबीएम मेसिनमार्फत ५–५ डायमिटरको पानीबग्ने सुरुङ रहनेगरि ६–६ को डायमिटर निर्माण गरि सुकोसीको पानी मरिण हुदै तराईका विभिन्न जिल्लामा सिचाई सुविधा पुर्याउने सरकारको लक्ष्य रहेको आयोजना प्रमुख बरालले बताए। सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीयआयोजना सिन्धुली र रामेछाप जिल्लाको सिमानामा अवस्थित सुनकोसी नदीको पानीलाई बाँधबाधी १३ दशमलब ३ किमिलामो सुरुङ मार्फत मरिण नदीमा पानी पथान्तरण गर्ने आयोजनाले जनाएको छ। आयोजना प्रमुख बरालका अनुसार सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ त्यहाँबाट ६६ दशमलब २९ को हेटेडबाट पानीझारेर ३१ दशमलब ०७  मेगावाट जलविद्युतउत्पादन गरिने छ।

उत्पादितविद्युत ३७ दशमलबदुई डबल सर्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नबलपुर सबस्टेशनमा जोडिने छ। आर्थिक बर्ष ०७७-७८ बाट शुरु भएको आयोजना ०८२-०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ । निर्माणको जिम्मा पाएको चाइनिज ओभरसिज कम्पनीको भ्याकले तत्काल आएको समस्या समयमै समाधान गर्न सके आगामी २२ महिनाभित्र सुरुङ निर्माणको कार्य सम्पन्न हुने आयोजनाले जनाएको छ । तराईका विभिन्न जिल्लालाई सिचाईको सुविधा पुर्याउन सरकारले यो आयोजनालाई अगाडी बढाएको हो। तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमासिँचाइ पुर्याउने यो आयोजनाको प्रमुख उद्देश्य रहेको छ। 

प्रकाशित: ८ वैशाख २०८० ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App