४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तुमा आगलागीका घटना बढ्दो

कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ मधुनगरा स्थित आद्या दर्जन घरमा आगलागी हुँदा ढाई लाख बढीको सम्पत्ति नष्ट भएको छ।

कपिलवस्तुमा आगलागीका घटना बढ्दै गएको छ। हावाहुरीको मौसम र गर्मीयाम सुरु भएसँगै आगलागीका घटना मौलाउँदै गएको हो।

जिल्ला प्रहरी कार्यालयको अनुसार चालु आर्थिक वर्षको साउन देखि चैत महिना सम्म १ सय ६ वटा आगलागीका घटना भएका छन्। सोही घटनामा परि मायादेवी गाउँपालिका– ८ जमुनीकी २८ बर्सिया रिता कुर्मीको मृत्यु भएको थियो। यस्तै ५ जना घाइते समेत भएका थिए।

सो अवधिमा १ करोड ६४ लाख २३ हजार एक सयको धनमाल नोक्सानी भएको छ। चैत महिनामा मात्र १२ वटा आगलागीका घटनामा ६ लाख ४५ हजार बराबरको क्षति भएको छ।

प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले हावाहुरीको मौसम सुरु भयसँगै कपिलवस्तुमा आगलागीका घटनामा वृद्धि भएको बताए। जिल्लाको दक्षिण भेगमा आगलागीको घटना बढी हुने गरेको उनले सुनाए। अहिले जिल्लामा कम्बाईन मेशिनले गहुँ काटे पछि बचेका ठुटोमा आगो लगाउने समेत क्रम बढेको छ। जसले गर्दा पनि आगलागीको घटना बढेको अनुमान गरिएको छ।

आगलागी र डढेलो सम्बन्धी पर्याप्त ज्ञान नहुँदा कृषकहरुले गहुँको ठुटोमा आगो लगाउने घटनाहरु बढ्दै गएका छन्। सो कारण आगलागीका घटनाहरुमा पनि वृद्धि हुँदै गएको छ। यस्तै वन जंगल क्षेत्रमा समेत अहिले डढेलो लाग्ने क्रम बढेको छ।

आगलागीका घटना बढे पनि अझै सम्म जिल्लाका दश पालिका मध्ये छ पालिकामा दमकल छैन। कपिलवस्तु नगरपालिकामा दुईवटा र कृष्णनगर, शिवराज बुद्धभुमी र बाणगंगा नगरपालिकामा एउटा एउटा मात्र दमकल छन्।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलका अनुसार हावाहुरीको मौसम सुरु भयसँगै आगलागीका घटना बढ्दै जाँदा दमकललाई भ्यान नभ्याई भएको छ।

‘चैतको महिनाको सुरुवातसँग चलेको हावाहुरीले आगलागीको घटना बढेका छन्, दमकललाई भ्याई नभ्याई छ’ उनले भने।

प्रजिअ शकर हरि आचार्यले अहिले जिल्लामा बढ्दै गएका आगलागी घटना प्रति चिन्ता व्यक्त गर्दै सजग र होसियार रहन आग्रह गरेका छन्। उनले अग्नि पीडितलाई आवश्यकता अनुसार पालिका, रेडक्रस, जिल्ला बिपद  व्यवस्थापन समितिले राहत र सहयोग गर्ने गरिएको बता।

प्रकाशित: ७ वैशाख २०८० ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App