१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

आज पाँच प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी लाग्ने

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। त्यसको प्रभावले आज देशका केही भागमा वर्षाको सम्भावना रहेको छ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ।  

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा भने मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको संभावना रहेको  विभागले जनाएको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ। साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको संभावना रहेको छ।

त्यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।  

प्रकाशित: ५ वैशाख २०८० ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App