२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

मिटरब्याजपीडित र प्रहरीबीच झडप हुँदा चार प्रहरी घाइते

मिटरब्याजपीडित र नेपाल प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाइते भएका छन्।

सोमबार रत्नपार्कस्थित शान्ति बाटिकामा प्रदर्शन गरेर बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाइते भएका हुन्।

मिटरब्याज पीडितहरुले प्रहरीलाई आक्रमण गर्दा चार जना प्रहरी घाईत भएको काठमाडौँ प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले बताए।

निषेधित क्षेत्रमा प्रदर्शनमा निस्किएकामध्ये करिब दुई दर्जन प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस क्रममा झडप भएको हो।

मिटरब्याजपीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए। सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्ति बाटिकामा नै प्रहरी र मिटरब्याजपीडितबीच झडप भएको हो।

प्रहरीले मिटरब्याजपीडितलाई नियन्त्रणमा लिन  फोहोरा र लाठी प्रयोग गरेको थियो। तर उनीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भने प्रहरीले रक्षात्मक बनेको थियो। त्यस क्रममा प्रहरीले संयमता अपनाएको थियो।

प्रकाशित: ४ वैशाख २०८० १६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App