१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

भेटियो हेली एभरेस्टको हेलिकप्टर

फाइल तस्बिर

आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर धौलागिरि आधारशिविर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

हेली एभरेस्टका फुर्वा शेर्पाले १२ बजेर ४० मा धौलागिरि आधारशिविर आसपासमा हेलिकप्टर ठोकिएको अवस्थामा भेटिएको र पाइलट सकुशल रहेको बताए। पाइलटलाई अहिले काठमाडौं ल्याउदै गरेको उनले बताए।

हेलि एभरेष्ट प्रालि केन्द्रीय कार्यालयका कर्मचारी फुर्वाले नागरिकन्यूजसँग भने, ‘हेलिकप्टर सामान्य ठोक्किएको अवस्थामा भेटिएको छ। पाइलट काठमाडौ आउदै हुनुहुन्छ। उहाँ आएपछि विस्तृत कुरा थाहा हुन्छ।’

इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर ११ मिनेट आसपासमा सम्पर्कविहीन भएको थियो ।

प्रकाशित: २६ चैत्र २०७९ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App