१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

तीन प्रदेशका पहाडी भू–भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल  तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली भई बाँकी भू–भागमा मौसम सामान्तया सफा रहेको छ।  

त्यसै गरी आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्यतया बदली रही बांकी पहाडी भू-भाग लगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  

आज कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागका एक(दुई स्थानमा भने मेघ गर्जनरचट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशका पहाडी भूऔभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित: २४ चैत्र २०७९ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App