८ वैशाख २०८१ शनिबार
समाज

अनलाइन ठगीको कारोवारमा संलग्न २३ जना जनकपुरबाट पक्राउ

अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरुलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ पक्राउ गरेको हो। उनीहरुले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आईरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन ।

उनीहरुले विभिन्न एपमार्फत हनिट्रयाप जस्तो धन्धा गर्दै आएको प्रहरी नायव उपरीक्षक गौतमले बताए । पक्राउ पर्नेमा १४ जना पुरुष र ९ जना महिला छन् ।  

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको र विस्तृत आउन बाँकी रहेको गौतमले बताए।  

प्रकाशित: २१ चैत्र २०७९ ०५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App