८ वैशाख २०८१ शनिबार
समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

फाइल तस्वीर

तनहुँको भानु नगरपालिका-२ भकुन्थोकमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मल ल्याउँदै गरेको ट्याक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृतकको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले बताए।

दुर्घटनामा घाइते दुई जनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ। रासस

प्रकाशित: १७ चैत्र २०७९ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App