३ असार २०८१ सोमबार
image/svg+xml
समाज

श्रीमानको दीर्घायुका लागि नाकदेखि सिउँदोसम्म सिन्दूर

पारिवारिक सम्पन्नताको पर्व चैती छठ मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न

चैत शुक्ल चतुर्थीबाट सुरु भएको चैती छठ पूजा मंगलबार सप्तीको दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको छ।

परिवारमा खुसी, सुख, शान्ति, एकता र सम्पन्नताकोलागि नेपाल र भारतको मिथिला क्षेत्रका बासिन्दाहरूले मनाउने छठ पर्व केही समययता पहाडी क्षेत्रमा बसोबास गर्ने मधेसी तथा पहाडी समुदायले समेत भक्ति र श्रद्धासाथ मनाउन थालेका छन्।

मंगलबार सप्तीका दिन छठ व्रतालुहरू तराई तथा पहडका विभिन्न नदी तथा पोखरीको वरिपरि समूहमा बसेर छठी माईको पूजा आरती तथा लोक गीत गाउँदै उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा समापन्न गरेका छन्।

कालिमाटिको टंकेश्वरमा रहेको विष्णुमती नदी किनारमा मंगलबार पुग्दा व्रतालुहरू छठ पूजाको मुख्य प्रसाद ठेकुवा, पुरी, कसार, मिठाइ, मौसमी फल, फुल तथा उखु लगायतका पूजा सामाग्रीसहित परिवारको सबै सदस्यहरूसहित भक्तिसाथ सूर्य देवको प्रथाना तथा पूजा गरिरहेको भेटिए।

पुत्र, पति तथा परिवारका सदस्यहरुको दीर्घायुको कामना गर्दै भजन कीर्तन गर्दै महिला तथा पुरुषहरूले छठी घाँटमा पूजा गरिरहेका थिए।

कतिपय व्रतालु विवाहित महिलाहरु एक आपसमा नाकदेखि सिउँदोसम्म पहेले सिन्दु लगाएर आफू भन्दा मान्यसँग श्रीमानको लामो आयुको लागि आशिष् थापिरहेका भेटिए।

छठ पर्व वर्षको दुई पटक मनाइन्छ। कात्तिक शुक्ल चतुर्थीमा सुरु भई सप्तीमा सम्पन्न हुन्छ। भने चैतमा चतुर्थीमा सुरु भएको पहिलो दिन नहाय खाय अर्थात् भक्तजनहरु नुहाएरु दुई छाक चोखो खाना खाएर पूजा सम्पन्न गरे। पंचमीको दिन खरना पूजा गरिन्छ। यस दिन व्रतालुहरू छठी माईको पूजा गरी एक छाक चोखो रसिआव रोटी खाएर मनाए। यस दिनलाई खरना भनिन्छ भने पष्ठीका दिन अस्ताउँदो सूर्य लाई अर्घ दिएर साझियाँ छाट पूजा गर्न घर नजिकैको नदी तलाउ तथा पोखरीमा गएर समूहमा पूजा आजा गरि सम्पन्न गरे।

मंगलबार सप्तीका दिन छठ व्रतालुहरू नदी तथा पोखरीको वरिपरि समूहमा बसेर छठी माईको पूजा आरती तथा लोक गीत गाउँदै उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा समापन्न गरेका छन्।

छठको व्रत तथा पूजा गरेपछि चर्मरोग पनको हुने धार्मिक विश्वास छ भने भाकल गर्नेहरुको सबै मनोकामना पुरा हुने छठ व्रत गरिरहेकी सुनिता सोनारले बताइन्। केही भक्तहरू भाकल गरे अनुसार मनोकामना पुरा भएपछि बिहान र साँझको छठी घाटसम्म घर्सिन्दै नदी वा पोखरीको किनारमा गई स्नान गरि व्रत पुरा गरेको विष्णुमती किनारमा भेटिए।

सुनिताले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुकोलागि व्रत बसेको सुनाइन्।

‘मैले मेरो सन्तान र श्रीमानको दीर्घायु र परिवारमा सुख प्राप्तीकोलागि चैत्ती छठ भाकल गरेको थिए। निकै कठिनको पर्व हो। यसमा चोखो र सुद्धताको विशेष ख्याल राख्नु पर्छ,’ सुनिताले अनुभव सुनाइन् ‘व्रत बस्दा पूजा सामाग्री ठेकुवा, पुरी, कसार, तथा फलफूल व्यवस्थापन गर्न परिवारको सबै सदस्यले सहयोग गर्छन्। यसले पारिवारिक मिलन र सद्भाव कायम गर्छ।’ उनले थपिन् ‘छठ नै एउटा यस्तो पर्व हो जसमा परिवार तथा नातागोता पर्ने सबै सदस्यले सहयोग गर्छन्। परिवारका सदस्य घर बाहिर भए पनि यस दिन घरमा अनिवार्य आइपुग्छन्। पारिवारिक मिलन हुन्छ।’

अर्को व्रतालु बेवी गुप्ताको अनुसार छठ पूजाको वातावरणसँग पनि गहिरो सम्बन्ध छ। छठको लागि भए पनि काठमाडौं लगायत तराईका नदी पोखरी तथा तलावहरु ब्रतालुहरुको परिवार र समुदायनै मिलेर सर-सफाई गर्छन्। छठमा पनि शुद्धता र चोखोपनको पूर्ण ख्याल राखिन्छ।

‘छठ पर्वनै एउटा यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। यसको अर्थ हामीले सबैसँग समान व्यवहार गर्नु पर्छ भन्ने संकेत पनि हो,’ बेवीले अनुभव सुनाइन् ‘गरिब र धनी विचको खाडल मेट्ने पर्व पनि छाठ हो। किन भने यसमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा हुन्छ। अर्थात् यो पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहारिक गर्नु पर्ने सन्देश दिन्छ।’ उनले थपिन् ‘नाकदेखि सिउँदो सम्म सिन्दु लगाउनुको अर्थ श्रीमानको आयु लामोको कामना गर्नु हो। आज त नेवार समुदायका विवाहित महिलाहरुले समेत आफ्नो श्रीमानके लामो आयुको कामना गर्दै मेरो हातले नाकदेखि सिन्दूर लगाउनु भयो। त आफै चकित भए।’

दुःख कष्ट निदान, पुत्र प्राप्ती र श्रीमानको लामो आयुकोलागि निकै निष्ठा, भक्तीकासाथ जलाशय, पोखरी तथा नदी किनारमा गएर समूहमा पूजा गरि छठ पूजा मनाइन्छ।

प्रकाशित: १४ चैत्र २०७९ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App