१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वसन्तपुरको महादेवमन्दिर पुनर्निर्माण सकियो

राजधानीको वसन्तपुर दरबार क्षेत्रस्थित पुनर्निर्मित महादेव मन्दिर ।

काठमाडौं–राजधानीको वसन्तपुर दरबार क्षेत्रको महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिरको पुनर्निर्माण काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी)ले गरेको हो । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका महादेव मन्दिरको पुनर्निर्माण भदौमा सुरु भएको जानकारी केभिपिटीका आर्किटेक्ट इन्जिनियर पद्मसुन्दर महर्जनले दिए ।

१२ लाख रुपैयाँको लागतमा महादेव मन्दिर पुनर्निर्माण गरिएको इन्जिनियर महर्जनले बताए । मन्दिर पुनर्निर्माणमा आवश्यक काठ पुरातत्व विभागको सिफारिशमा वन मन्त्रालयबाट उपलब्ध भएको महर्जनले बताए । ‘मन्दिरका पुराना काठ भूकम्पपछि सुरक्षित स्थानमा नराखिएकाले सबै बिग्रिए’, उनले भने, ‘मल्लकालीन इँटा ललितपुरको दक्षिणकालीस्थित हिरा ब्रिक्सबाट पुरातात्विक मापदण्ड अनुरुप प्रयोग गरिएको छ । इँटा माटोले जोडिएको छ ।’

महर्जनका अनुसार मल्लकालमा निर्मित महादेव मन्दिर पुनर्निर्माणमा पुरातात्विक महत्वका सामग्री छान्न विशेष सजगता अपनाउनु परेको थियो । मन्दिरका सबै काठ पानीमा भिजेर मक्किएकाले पुनर्निर्माण चुनौतीपूर्ण बनेका महर्जनले बताए । ‘मन्दिर वरिपरिको पेटी पनि पुनर्निर्माण गरिएको छ,’ महर्जनले भने, ‘वसन्तपुर क्षेत्रको सबभन्दा पहिले पुनर्निर्माण भएको सम्पदामा महादेव मन्दिर नै हो ।’

प्रकाशित: २९ मंसिर २०७३ ०८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App