३ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

नेपाल कृषि अनुसन्धान परिषद्ले हटायो दुई कर्मचारी

नेपाल कृषि अनुसन्धान परिषद्ले लामो समयदेखि कार्यालयमा उपस्थित नभएको भन्दै दुई कर्मचारीलाई हटाएको छ। 

परिषद्को सामान्य प्रशासन महाशाखाले सूचना जारी गर्दै कर्मचारी प्रशासन विनियमावली, २०८२ को विनियम ९५(१) छ बमोजिम उनीहरूलाई अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाइएको हो।  

सूचनाअनुसार कृषि अनुसन्धान निर्देशनालय, कोशी प्रदेश, तरहरा, सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौँ पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक एस–१ नमिता भट्टराई रहेका छन्।

प्रकाशित: १६ असार २०८३ ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App