५ वैशाख २०८१ बुधबार
समाज

सवारी अनुमति पत्र अब ३ दिनमै दिन्छौँ : मन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) चालकले ३ दिनमै पाउने बताएका छन्। तर यो लागु हुन अझै चालकले अझै ८ महिना कुर्नुपर्ने उनको तर्क छ।  

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको ३ महिना ३ दिनमा आफूले गरेका काम सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन। उनका अनुसार अबको ८ महिनापछि चालकले ट्रायल दिएको ३ दिनमा लाइसेन्स पाउँछन्।

मन्त्री श्रेष्ठले सरकारले नयाँ प्रिन्टिङ मेसिन खरिद गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको जानकारी दिए।  

उनले हरेक दिन दैनिक ६ हजारको संख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिएपनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको बताए। मन्त्री श्रेष्ठले मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडी बढाइने जानकारी दिए।  

उनले मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको दाबी गरे। उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडी बढाइएको जानकारी पनि दिए। उनले अर्थले बजेट निकासा गरेपछि थप काम अगाडी बढ्ने बताए।

उनले भने, ‘विगतमै पेन्डिङ रहेका ८ लाख लाइसेन्स प्रिन्ट हुँदै वितरण गरिएको छ। यसरी भएन भनेर अर्को प्रिन्टिङ मेसिन खरिद गर्ने गृहकार्य शुरु भएको छ। ८ महिनापछि तीनदेखि सात दिन भित्र सेवाग्राहीले लाइसेन्स पाउँछन्। मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडी बढाइन्छ। मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको हो। प्रधानमन्त्रीज्युसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडी बढाइएको छ। अर्थले बजेट निकासा गरेपछि थप काम अगाडी बढ्छ। अहिले लाइसेन्स पाउन सेवाग्राहीले महिनौ कुर्नुपर्ने बाध्यता छ ।’

प्रकाशित: १३ चैत्र २०७९ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App