१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

स्थानीयद्धारा दैलेख बजारको सडक बन्द

ठेकेदारले काम नगर्दा दैलेख मुख्य बजारको सडक बन्द गर्दै स्थानीयहरु। तस्विर : गोविन्द केसी/नागरिक

ठेकेदारले काममा ढिलाई गर्दा दैलेख बजारका स्थानीयबासीहरुले मुख्य सडक नै बन्द गरेका छन्। भिरालो जमिनमा बनेका घरहरु कच्ची नालीमा जमेको पानीले जोखिम बढेपछि बजारको मुख्य सडक बन्द गरिएको हो।

 नारायण नगरपालिकाले ठेक्का मार्फत नालीको काम भईरहेको छ। ठेकेदारले मुख्य बजारमा नाली बनाउन फागुन ६ गते पुरानो नाली भत्काएको थियो। बजार क्षेत्रमा पुरै नाली भत्काएर छाडिएको छ। तर, मजदुरहरु काम गर्न नआउन थालेपछि बजार क्षेत्रमा गाडीहरु जाम, धुलोधुवा र नागरिकहरु हिड्डुलमा समस्या आएपछि स्थानीयहरुले देवकोटा चौकदेखी डेकेन्द्रचौक र गणेश चोक निस्कने मुख्य सडक सोमवार विहानैदेखि बन्द गरेका हुन्।

 ३० मिटर नाला बनाउँन महिनौंसम्म पनि काम नहुँनु र नालामा पानी जमेर भिरालो जमिनमा बनाईएका घरहरु जोखिममा भएकाले सडक बन्द गर्नु परेको स्थानीय रुविद खत्रीले बताए।

प्रकाशित: १३ चैत्र २०७९ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App