१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जिल्ला प्रशासन कार्यालयको छड्के जाँचमा परे ताप्लेजुङका ३ कार्यालय प्रमुख सहित २९ कर्मचारी

फाइल तस्विर

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यहाँस्थित सरकारी कार्यालयमा गरेको छड्के जाँचमा ३ कार्यालय प्रमुख सहित २९ जना कर्मचारी बिना जानकारी अनुपस्थित रहेको पाइएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईको नेतृत्वमा गरिएको छड्के जाँचका क्रममा १३ वटा कार्यालयको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा तीन कार्यालयका प्रमुख सहित ४ जना अधिकृत स्तरका कर्मचारी समेत अनुपस्थित रहेको पाइएकोले प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले बताए। उनका अनुसार छड्केमा पर्नेमा सहायक स्तरका ७ जना र श्रेणीबिहिन १५ जना कर्मचारी अनुपस्थित देखिएका छन्।

अनुगमनका क्रममा करिव २० जनाले तोकिएको पोशाक नलगाईपन कार्यालयमा उपस्थित भएको देखिएको समेत सहायक प्रजिअ भट्टराईले बताए। यस्तै अधिकांशले कर्मचारी परिचयपत्र समेत नलगाएको पाइएकोले अनिवार्य तोकिएको पोशाक र परिचयपत्र सहित कार्यालयमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन गरेको समेत भट्टराईले जानकारी दिए। बिना जानकारी कार्यालयमा अनुपस्थित हुनेलाई अनुपस्थित हुनुको मनासिव जवाफ मागी आवश्यक निर्णय लिने जिल्ला प्रशासन कार्यालयको तयारी रहेको बुझिएको छ।  

प्रकाशित: १३ चैत्र २०७९ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App