१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरको एक घरमा आगलागी, साढे ६ लाख ध्वस्त

फाइल तस्बिर।

उदयपुरको रौतामाईमा आगलागीबाट साढे ६ लाख बराबरको धनमाल ध्वस्त भएको छ।

आईतबार दिउँसो लागेको आगोले रौतामाई गाउँपालिका २ थाम्बु तेप्चेडाँडाका गोपाल बिकको घर जल्दा सो परिमाणको धनमाल नष्ट भएको हो।

प्रहरीका अनुसार आगोले बिकको ढुंगामाटोले बनेको खरको छानो भएको २ तले घर, घरभित्र रहेको अन्नपात, लत्ता कपडा, भाँडाबर्तन, ७ वटा कुखुरा र अन्य चल सम्पत्ति जलेर नष्ट भएको छ। बिककै नाति ६ वर्षीय अम्मरले लाईटर खेलाउने क्रममा अचानक घरमा आगलागी हुन गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राकेश पोदारका अनुसार आगलागीबाट ६ लाख ३८ हजार बराबरको धनमाल जलेर क्षति पुगेको छ। आगो प्रहरी र स्थानीयबासीको प्रयासमा दिउसो ३ः३० बजेसम्ममा नियन्त्रणमा आएको पनि डिएसपी पोदारले बताए।

प्रकाशित: १२ चैत्र २०७९ १५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App