१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

नयाँ वर्ष २०८० को अवसरमा भक्तपुरमा ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०  हुने भएको छ।

औद्योगिक शान्ति नेपालले शनिबार यहाँ पत्रकार सम्मेलनमा गरी यसबारे जानकारी गराइएको हो। मेला संयोजक दीपक थापाले चैत्र २३ गतेदेखि वैशाख ३ गतेसम्म ११ दिने महोत्सव हुने बताए। यसका लागि मध्यपुर ब्वाइज व्याण्ड र भक्तपुर जिल्ला खेलकुद विकाश समिति भक्तपुरको सहयोग हुने उनले जनाए।

आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले महोत्सव गर्न लागेको जनाए। भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सवको आयोजना गरिने उनले जनाए।

यस ठाउँमा दुई सय भन्दा बढी स्टल रहने छन्। यहाँ मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरू, खाद्यान्नका सामाग्रीहरू, विभिन्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरुको बिक्री वितरणका स्टलहरू हुने जनाइएको छ।

कृषि तथा हस्तकलाका सामाग्रीहरू, भाँडाकुँडाका सामाग्रीहरू, पर्यटन प्रवर्द्धन गर्ने स्टल रहने छ। अटोमोवाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स सामानहरूको स्टल रहने छन्। बिक्री गरिने सामानहरूमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ।

महोत्सवमा करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने र करिब १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ।

बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौँ राष्ट्रिय स्तरका कलाकारहरुको साङ्गीतिक र हाँस्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुति रहने छ। 

महोत्सवमा हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुने छ। प्रवेश शुल्क रु. ५० र ७० रहेको छ। विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको छ। महोत्सवमा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले यसबाट लाभ लिने छन्। वैशाख ४ गते विशेष संस्कृति कार्यक्रम हुनेछ। सो कार्यक्रमका लागी टिकटको मूल्य रु. १५० र २०० राखिएको छ।।

प्रकाशित: ११ चैत्र २०७९ १५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App