५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरमा दश वर्षमा २३ हजार बढी जनसंख्या वृद्धि

उदयपुरको जनसंख्या वृद्धिदर स्थिरतातर्फ उन्मुख भएको पाइएको छ। गएको १० वर्षको अवधिमा उदयपुरको जनसंख्या २३ हजार हाराहारीमा मात्र वृद्धि हुनाले जिल्लाको जनसंख्या वृद्धिदरमा स्थिरता देखिएको हो।

सरकारले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा अनुसार ०६८ को तुलनामा २३ हजार १ सय ८९ जना मात्र बढेको छ। ०७८ को गणना अनुसार उदयपुरमा ३ लाख ४० हजार ७ सय २१ जनसंख्या पुगेको तथ्यांक कार्यालय उदयपुरले जनाएको छ। तथ्यांक अधिकृत शिवनारायण महतोका अनुसार १० वर्षअघि अर्थात् ०६८ को जनगणनामा उदयपुरमा ३ लाख १७ हजार ५ सय ३२ जनसंख्या थियो। ०७८ को तथ्यांकले वार्षिक जनसंख्या वृद्धिदर ०.६८ रहेको देखाएको छ।

पछिल्लो तथ्यांक अनुसार जिल्लामा १७ हजार ५ सय १० परिवार संख्या रहेको छ। कुल जनसंख्या ३ लाख ४० हजार ७ सय २१ मध्ये पुरुष १ लाख ६३ हजार ७ सय ३८ छन् भने महिलाको संख्या १ लाख ७६ हजार ९ सय ८३ रहेका छ। त्यस्तै औषत परिवार आकार प्रति ४.२० रहँदा लैङ्गिक अनुपात ०.९३ छ भने प्रति किलोमिटर जनघनत्व १ सय ६५ रहेको छ।

तथ्यांक अधिकृत महतोका अनुसार पछिल्लो तथ्यांकले अनुपस्थित जनसंख्या (अक्सर विदेश बस्ने) को संख्या २१ हजार १७ रहेको देखाएको छ। जसमा पुरुष १८ हजार ५ सय १५ र महिला २ हजार ५ सय २ जना छन्। तथ्यांकले कुल जनसंख्यामध्ये अपाङ्गता भएकाको संख्या ९ हजार २ सय १८ रहेको देखाएको छ। जसमा पुरुष ४ हजार ९ सय २९ र महिला ४ हजार २ सय ८९ छन्।

जिल्लाको साक्षरता प्रतिशत (५ वर्षमाथि) भने बढेको छ। पछिल्लो गणना अनुसार साक्षरता प्रतिशत ७७.१७ पुगेको छ। जसमा पुरुष ८४.०७ र महिला ७०.८७ प्रतिशत रहेको छ। ०६८ को गणनामा ३ लाख १७ हजार ५ सय ३२ जनसंख्या हँदा कुल साक्षरता प्रतिशत ६८.८१ थियो। जसमा पुरुष साक्षरता ७४.२९ प्रतिशत थियो भने महिला ५८.२० प्रतिशत थियो।

प्रकाशित: ११ चैत्र २०७९ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App