१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

धनुषामा दुई ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, एक घाइते

धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरमा दुई ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

शनिवार बिहान पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १– ०१–००१ ख ९२९२ नम्बरको ट्रक एकापसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा ना ६ ख ६५७८ नम्बरको ट्रक चालक सुनसरी इनर्वाको २८ वर्षीय सागर चौधरी, सहचालक अर्जुन चौधरी र प्र १-०२-००१ ख ९२९२ नम्बरको ट्रक सह-चालक मोरङ बेलवारी नगरपालिका- ८ का ४४ वर्षीय लोकमान थापा रहेको धनुषा प्रहरीका नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।

दुर्घटनामा प्र १-०२-००१ ख ९२९२ नम्बरको ट्रक चालक सर्लाहीको बागमती नगरपालिका- ११ का २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन्। उनको ढल्केवर अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: ११ चैत्र २०७९ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App