८ वैशाख २०८१ शनिबार
समाज

बेनी आक्रमणको १९ वर्ष, साक्षी नै गायब

तत्कालिन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको चैत ७ गते आज १९ वर्ष पुगेको छ। माओवादी र  सेनाबीच २०६० चैत ७ गते बेनी भिडन्त भएको थियो। उक्त आक्रमणमा ठूलो जनधनको क्षति भएको थियो।

म्याग्दी आक्रमणको दुई दशक पुग्न लाग्दा घटनाको एक जिउँदो साक्षीको रुपमा रहेको युद्धपोल भने गुपचुप ललितपुर लगेपनि अहिलेसम्म जिल्लामा फिर्ता ल्याउने प्रयास सफल भएको छैन्।

बिद्रोही र सरकारी सेनाबीच भएको भिडन्तमा सयौं गोली लागेर छियाछिया बनेको बिजुलीको( खम्बा) पोल पनि तत्कालिन विद्युत प्राधिकरणका प्रमुख सहित केही सरकारी निकायका अधिकारीको मिलेमतोमा सुटुक्क ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रमा लगिएको थियो।  

युद्धका अवशेषहरू हराउँदै जान थालेको बेलामा नयाँ पुस्ता र विदेशीलाई युद्ध संग्रहालय मार्फत आकर्षित गर्न सकिने ऐतिहासिक महत्व बोकेको पोल ललितपुरबाट फिर्ता ल्याउन सकिएको छैन। बेनीको मंगलाघाट जाने बाटोमा तत्कालिन सेनाको ब्यारेक अगाडि दोहोरो भिडन्तमा गोली लागेर छियाछिया बनेको पोललाई मानव अधिकारकर्मी कनकमणि दीक्षितले विना जानकारी जिल्लाबाट लगेपनि फिर्ता प्रक्रियामा असहयोग गरेका छन्।

पोल फिर्ता गर्ने विषयमा मदन पुस्तकालय गुठी सकारात्मक भएको बताएपनि सरकारी निकायबाट भइरहेको पहलमा भने आलटाल गरेको छ। जिल्ला समन्वय समितिको आग्रहमा युद्धपोलको खोजी गर्न ललितपुरमा रहेको स्थानमै पुगेर जिल्ला समन्वय समितिको पत्र बुझाएपनि अन्य विभिन्न बाहना बनाएको बताइएको छ। तत्कालिन बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको प्रयास असफल भएको थियो भने हाल नगर प्रमुख सुरत केसीले पहिलो कार्यपालिकाको बैठकमै पोल फिर्ता ल्याउने प्रतिबद्धता समेत पूरा हुन सकेको छैन्। जिल्लामा युद्ध संग्रहालय बनाउने कुरासमेत समयसमयमा उठ्छ। इतिहासको साक्षी र प्रशस्तै पर्यटकको ध्यान खिच्न सक्ने युद्ध पोललाई आफ्नो ठाउँमा ल्याउने निरन्तर पहल भइरहेको मेयर केसीको भनाइ छ।

पोलसँगै बेनी आक्रमण पछि भेटिएका हातहतियार लगायतका दस्तावेजहरू संग्रह गरेर भावी पुस्तालाई जानकारी दिने युद्ध संग्रहालय बनाउने बेनी नगरपालिकाको योजना समेत गफमा सीमित बनेको छ। दोहोरो भिडन्तको साक्षी बनेको विद्युतको पोल लगायतका सामग्री संकलन गरेर संग्रहालय बनाउने बेनी नगरपालिकाको दुई वर्ष अघिको योजना घोषणामै सीमित छ। २०७५ माघमा बेनी नगरकार्यपालिकाको बैठकले वडा नम्बर २ खबराको लभ्लीहिलमा युद्ध संग्रहालय बनाउने निर्णय गरेको थियो। नगरपालिकाको आर्थिक वर्ष २०७६–०७७ र २०७७–०७८ को नीति तथा कार्यक्रममा पनि युद्ध संग्रहालय बनाउने योजना समावेश थियो तर, बजेटको ब्यवस्थापन नभएकाले कार्यान्वयन हुन नसकेको बेनी–२ का वडा अध्यक्ष यामबहादुर कार्कीले बताए।

बेनी आक्रमणमा १६ जना सर्वसाधारण, ३८ जना सुरक्षाकर्मी र ४२ जना विद्रोही पक्षका गरी ९६ जनाले ज्यान गुमाएका थिए। जिल्लाका विभिन्न क्षेत्रमा भेटिएका शव अनुसार उक्त आक्रमणमा करिव चारसय जतिले ज्यान गुमाएको अनुमान छ।

यूद्धको पोल विदेशीको आर्कषण

ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रमा विदेशी पर्यटक भरिभराउ थिए। विश्वका विभिन्न देशबाट आएका यूवाहरूको जमघट देखिएको केन्द्रमा विदेशीको प्रमुख आर्कषण सयौं गोली लागेर छियाछिया भएको बिजुलीको पोल थियो। कुनै एक गैरसरकारी संस्थामार्फत विश्वभरका यूवाहरुलाई आयोजित सेमिनारमा नेपालमा चलेको १० बर्षे सशस्त्र युद्धको उदाहरण दिने गरी पोलका बारेमा केन्द्रका कर्मचारीले विदेशीलाई बताइरहेका थिए।

केही विदेशीले पोलमा सेल्फी खिचिरहेका थिए, एकल र समुहमा पोल देखिने गरी तस्वीर लिन ब्यस्त थिए। पोलको नजिकै भित्तामा अंग्रेजी र नेपालीमा पोलको बारेमा लेखिएको विवरणहरूलाई आफ्नो मोवाइलमा खिच्ने नेपाली पर्यटकहरुले पोल कसरी यहाँ आयो भन्ने जिज्ञासमा केन्द्रका कर्मचारीहरुले अनविज्ञता प्रकट गर्छन्। पोल हेर्नेका लागी आउने पर्यटकले ब्यापार बढाएको भने स्वीकार गरे।

पाटन ढोकास्थित मदन पुस्तकालय गुठीमा पुग्ने नेपाली र विदेशीलाई आर्कषित गर्ने पोल तत्कालिन विद्रोही माओवादी र सरकारी सेनाबीच बेनी भीडन्तको प्रमाणका रुपमा रहेको युद्धपोलबाट केन्द्रले मनग्य लाभ लिइरहेको छ।नेपालमा चलेको यूद्ध, शान्ति प्रक्रिया सम्बन्धि कुनैपनि कार्यक्रमहरुलाई केन्द्रमा सञ्चालन गर्नुको प्रमुख उद्देश्य नै पोल भएको कर्मचारीको भनाइ छ।

पोलको प्रयोग गरी संस्थाले लाभ लिइरहेको छ २०६० चैत ७ गते तात्कालीन नेकपा माओवादीले गरेको बेनी आक्रमणका बेला सरकारी सेना र माओवादी सेनाबीच दोहोर भीडन्तमा बेनी–मंगलाघाट सडकअन्तरगत हाल रहेको सिचाँई कार्यालय नजिक सयौं गोली लागेर छियाछिया भएको पोल रातारात पाटन ढोकामा पु¥याइएको थियो।

पोल काठमाण्डौ पु¥याएको एकदशक वितिसक्दा समेत जिल्लामा फिर्ता ल्याउने पहल नहुदाँ १० बर्षे सशस्त्र युद्धको बास्तविकता बुझ्न आउने विदेशीहरु पोलको अवलोकन र पाटन ढोकामा राखिएका जानकारीहरु हरेर फर्किने गरेका छन्। पोललाई यूद्धको निसानीको रुपमा मात्रै नभई यूद्धले नेपालीलाई पारेको नकारात्मक असरको सन्देश दिनका लागि समेत पोलको संरक्षण गरेको यालमाया केन्द्रको भनाइ छ।

पोल बन्नसँग बेनी भ्रमणको आर्कषण

तत्कालिन माओवादी र राज्य बिच सबैभन्दा ठूलो आक्रमण बेनीमा भएको थियो। बेनी आक्रमणको चैत्र ७ गते १६ बर्ष पुरा हुन्छ। बेनी आक्रमणको क्रममा फालिएका बमहरु अझै भेटिदैछन्। केहीसमय अगाडी मोटरको सेल समेत भेटिएको थियो। पोल लगायत बेनी आक्रमणको क्रममा भेटिएका बन्दुक लगायतका दस्तावेजहरुसंग्रह गरेर भावी पुस्तालाई जानकारी दिने र यूद्ध संग्रालयको प्रचार गर्न सकेमा बेनी घुम्न आउने एउटा मुख्य आर्कषण बन्ने थियो।

प्रकाशित: ७ चैत्र २०७९ १४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App