६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीमा 'जनतासँग प्रमुख जिल्ला अधिकारी' कार्यक्रम संचालन

सर्लाहीका प्रजिअ इन्द्रदेव यादवले जनतासँग प्रमुख जिल्ला अधिकारी कार्यक्रमको सुरुआत गरेका छन्।

सर्लाहीको चक्रघट्टा गाउँपालिकाबाट जनतासँग प्रमुख जिल्ला अधिकारी कार्यक्रमको सुरुआत गर्दै प्रजिअ यादवले काम गर्ने शिलशिलामा सुरक्षा निकायले पालिकासँग गरेको अपेक्षा तथा पालिकाहरुले सुरक्षा निकायसित गरेको अपेक्षाका विषयमा विस्तृतमा छलफल गर्ने उद्देश्यसहित कार्यक्रमलाई अभियानको रुपमा सुरुआत गरिएको बताएका छन्।

व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ सुरु गरिएको अभियान सर्लाहीका बिसओटै पालिकामा पुर्‍याइने प्रजिअ यादवले जानकारी गराएका छन्।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीसमेतको उपस्थितिमा सुरु गरिएको अभियानमा चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादव, प्रमुख प्रशासकीय अधिकृत संजीवकुमार यादव, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा समाजका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

प्रमुख जिल्ला अधिकारी जिल्लाको सुरक्षा निकायको प्रमुख र प्रशासनिक निकायको पनि प्रमुख हुने हुनाले सर्लाहीमा सुरु गरिएको जनतासँग प्रमुख जिल्ला अधिकारी कार्यक्रमले जिल्लावासीलाई फाइदा पुग्ने बताइएको छ। यसै गरी पालिका र सुरक्षा निकायबिच पनि सुरक्षासित सम्बन्धित विषयमा तालमेल हुने र सुरक्षा व्यवस्थापनमा समन्वय हुने विश्वास गरिएको छ। 

प्रकाशित: ३० फाल्गुन २०७९ १५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App