८ वैशाख २०८१ शनिबार
समाज

सिन्धुली बस दुर्घटना: उद्धार कार्यमा ढिलाइ भएको भन्दै स्थानीयद्वारा राजमार्ग अवरोध

आइतबार करिब १० बजेतिरको समयमा ओखलढुङ्गाबाट काठमाडौँ तर्फ जाँदै गरेको बस मध्य पहाडी राजमार्गमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै बिपी राजमार्ग मध्य पहाडी राजमार्ग स्थानीयले अवरोध गरेका छन्।

ओखलढुङ्गाबाट काठमाडौँ तर्फ आइरहेको बा २ ख ६५९६ नम्बरको बस मध्य पहाडी राजमार्गस्थित सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिर भन्ने स्थानमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको र २९ जना घाइते भएपछि घाइतेको समयमै उद्धार र उपचार हुन नसकेको भन्दै स्थानीयले बिपी राजमार्गको खुर्कोटमा अवरोध गरेपछि सयौँ सवारी जाममा परेका छन्।

दुर्घटनाको विषयलाई लिएर राजमार्ग अवरोध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्। सवारी जामका कारण करिब एक घण्टादेखि जाममै परेको सिन्धुलीका स्थानीय सरोज खड्काले बताए।

जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जिवी दाहालले दुर्घटनाको विषयलाई लिएर भिडभाड बढेको तर राजमार्ग अवरोधनै भन्ने अवस्था नभएको बताए। उनले तीन जना घाइतेलाई उपचारका लागि पठाउन हेलिकप्टर आवश्यक रहेकाले मगाइएको समेत जानकारी दिए। स्थानीयले गम्भीर घाइतेको तत्काल उद्धार हुनुपर्नेमा सयमै उद्धार र उपचार हुन नसकेको भन्दै राजमार्ग अवरोध गरेका हुन्।

प्रकाशित: २८ फाल्गुन २०७९ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App