१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

तनहुँको बन्दीपुरमा सवारी दुर्घटना, १२ जना घाइते

तनहुँको बन्दीपुरमा यात्रुवाहक सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना भएको हो।

दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बाग्मती प्रदेश ०६-००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको हो।

घाइतेमध्ये चार जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ भने घाइते सात जनालाई काठमाडौंस्थित ट्रमा अस्पतालमा पठाइएको छ। चालक नवीन राईको तनहुँमै उपचार भइरहेको छ।

प्रकाशित: २७ फाल्गुन २०७९ १४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App