१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सप्तकोसीमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु

फाइल तस्बिर।

सप्तकोसीमा पौडी खेल्ने क्रममा एक किशोरका मृत्यु भएको छ।

जिल्लाको बेलका नगरपालिका ८ बकुन्द्रेस्थित सप्तकोसीमा मंगलबार पौडी खेल्दै गर्दा बगेर बेलका ६ का १७ वर्षीय सुदिप बिष्टको ज्यान गएको हो।

बेलका ८ कोठुस्थित अस्थायी प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए अनुसार बेलका ४ गुरुङचौरीका जनम गहतराजसँगै कोसीमा पौडी खेल्न गएका बिष्टलाई कोसीले बगाएर बेपत्ता पारेको थियो। चौकीमा खवर आउनासाथ खटेको प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोज्दै जाँदा पौडी खेलेको ठाउँभन्दा १ सय मिटर तल मृत अवस्थामा बिष्ट फेला परेको  प्रहरीले जनाएको छ।

मंगलबार विहान १०ः३० बजेको घट्नामा बेपत्ता बिष्टको खोजी गर्न कोठु प्रहरी चौकी, इलाका प्रहरी कार्यालय रामपुर र इटहरीस्थित सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालयको संयृुक्त टोली परिचालन गरिएको थियो। टोलीले खोजी गर्दै जाँदा दिउँसो ४ः३० बजे घट्नास्थलभन्दा १ सय मिटर तल बिष्टलाई मृत अवस्थामा फेला पारेको हो।

मृतकको शव पोष्टमार्टमका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने घट्नाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राकेश पोदारले बताएका छन्।

प्रकाशित: २४ फाल्गुन २०७९ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App