coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जबरजस्ती करणी आरोपित दुई वडा अध्यक्ष रिहा

प्रहरीले पक्राउ गरी कारबाहीका लागि अदालत बुझाएको दुई जना वडा अध्यक्ष रिहा भएका छन्। 

एक जना वडा अध्यक्षले सफाई पाईसकेका छन् भने एक जनालाई अदालतले धरौटीमा रिहा गरेको छ। जबरजस्ती करणी अभियोग पुर्पक्षका लागि थुनामा बसेका बढैयाताल गाउँपालिका ३ का वडा अध्यक्ष लल्लन यादवले सफाई पाए भने वाँसगढी नगरपालिका वडा नं. ८ तुल प्रसाद गौतम धरौटीमा रिहा भएका हुन्।

अदालतले तीन लाख धरौटी रकम लिएर गौतमलाई रिहा गरेको सम्बद्ध कानुन व्यवसायी कमल पाण्डेले जानकारी दिए।

गौतमलाई वलत्कारको प्रयास गरेको अभियोगमा अदालतिय प्रक्रिया सुरु भएको थियो। २९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका यादवलाई प्रहरीले आवश्यक कारबाहीका लागि अदालत बुझाएको थियो।

कानुन व्यवसायीका अनुसार राजी वा सहमतिमा यौन जन्य क्रियाकलाप भएको अदालतमा पीडित पक्षले बयान दिएकाले सफाई मुख्य कारण भएको बुझिएको छ। ‘जबरजस्ती करणीमा अभियोग लागेको थियो’ ती वकिलले भने, ‘यादवसँग ती उमेर पुगेकी महिलाले सहमतिमा यौन जन्य क्रियाकलाप भएको बयान दिएकाले वडा अध्यक्ष यादवले सफाई पाएका हुन्।’

अदालतबाट सफाई पाएका यादव कार्यभार सम्हालिसकेको बढैयाताल गाउँपालिका एक कर्मचारीले बताए।

यस्तै गरी जबरजस्ती करणी उद्योगमा उजुरी परेको बासगढी नगरपालिका ८ का तुल प्रसाद गौतमलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गरेर अदालत बुझाएपछि धरौटीमा रिहा गरेको हो। 

बासगढीका ८ का वडा अध्यक्ष गौतमको मुद्दालाई अधिवक्ता कमल पाण्डेले पैरवि गरिरहेका छन्। यादवको मुद्दा कानुन व्यवसायी विर बहादुर रोकाय र संजिब कर्णले बहस गरेका थिए। अदालतमा उद्योग र जजकका मुद्दामा सम्मानित पेशाकर्मी उजुरी परिरहेको छ। यसअघि जिल्ला शिक्षा कार्यालयलाई प्रमुख, शिक्षक र जनप्रतिनिधि लगायतलाई यस्ता किसिमका मुद्दामा उजुरी परिसकेको छ।

प्रकाशित: २० फाल्गुन २०७९ १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App