coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुलीमा प्रेसरकुकर बम फेला, सेनाद्वारा डिस्पोज

सिन्धुलीमा प्रेसरकुकर बम फेला परेको छ। सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित २ नम्बर बजार र जिल्ला प्रहरी कार्यालयको निवासस्थल नजिकै पुरानो प्रेसरकुकर बम फेला परेपछि नेपाली सेनाले डिस्पोज गरेको हो।  

स्थानिय शान्तिमान कार्कीले घडेरीको झारबुट्याङ सफा गर्ने क्रममा कुकर फेला परेपछि शंका लागेर प्रहरीलाई जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जीवि दाहालका अनुसार प्रेसरकुकर भित्र  उच्चकोटीको विस्फोटक पदाथ फेला परेको हो।

 बम फेला परेको जानकारी पाएलगत्तै नेपाली सेना स्थित बर्दबहादुर गणका उपसेनानी सफलता खनालको नेतृत्वमा गएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको गणका प्रमुख गणपती रमेश थापाले जानकारी दिए।  

बम पुरानो भएकाले द्वन्द्वकालमा कसैले राखेको हुनसक्ने अनुमान गरिएको छ। नेपाली सेनाले कुकर डिस्पोज गर्दा उच्चकोटीको विस्फोटक पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ फाल्गुन २०७९ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App