coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ

नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलको भारतीय रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।

सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ बाट २ जना भारतीय नागरिकलाई स्रोत नखुलको भारतीय रुपैयाँसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। भारतको हरियाणाका ३० वर्षीय सन्नी गुप्ता र सोही ठाउँका ३४ वर्षीय सुरेन्द्र कुमारलाई स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।

बुधबार राति ११ बजेतिर इलाका प्रहरी कार्यालय रानीको गस्ती टोलीले सीमा क्षेत्रमा शंकास्पद अवस्थामा भेटिएका दुवै जना चेक गर्दा भारतीय रुपैयाँ ७ लाख २० हजार बरामद गरेको हो। दुवै जनासँग रहेको रकमको स्रोत खोल्न नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको डिएसपी कार्कीले बताए।

पछिल्लो समय सीमा क्षेत्रबाट स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ धमाधम प्रहरीले बरामद गर्न थालेको छ। धमाधम स्रोत नखुल्ने रुपैयाँ बरामद हुन थालेपछि कहाँबाट कसरी के का लागि ठूलो परिमाणको रकम ओसारपसार भइरहेको भन्ने विषय अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए।  

प्रकाशित: १८ फाल्गुन २०७९ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App